फागुन १५ गते २०८२ --:--:--
मेनु

मौद्रिक नीति शुक्रवार आउने तयारी अन्तिम समयमा आएर स्थगित

मेरो आर्थिक मेरो आर्थिक श्रावण ४ गते २०८१ १०:५१ AM
मौद्रिक नीति शुक्रवार आउने तयारी अन्तिम समयमा आएर स्थगित

 चालु आर्थिक वर्षको वार्षिक मौद्रिक नीति आज शुक्रवार आउने तयारी गरिएपनि अन्तिम समयमा आएर भने रोकिएको छ । अब अर्को साता मात्रै मौद्रिक नीति आउने भएको छ।

नयाँ बनेको सरकारले राष्ट्र बैंकले तयार पारेको मौद्रिक नीतिबारे अध्ययन गर्न समय मागेपछि शुक्रवार ल्याउन लागिएको मौद्रिक नीति पर सरेको हो ।

स्रोतको सूचना अनुसार पूर्व अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा.युवराज खतिवडाले मौद्रिक नीतिमाथि परामर्श गर्ने इच्छा जाहेर गरेका कारण आज सार्वजनिक गर्न लागिएको नीति स्थगित गरिएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेर आज सार्वजनिक गर्ने तयारी गरेका थिए । त्यसका लागि आज बिहान केन्द्रीय बैंकको बोर्ड बैठकसमेत बोलाइएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?