चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बागमती तथा सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा
मेरो आर्थिक
श्रावण १० गते २०८१
समयः ६:४६ am
अहिले बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले आज दिउँसो कोशी, बागमती, गण्डकी , कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने आज भारी वर्षा हुने छ।
आज राति पनि कोशी ,बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बागमती तथा सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने विभागको बुलेटिनमा उल्लेख छ।