“नेपाल टेलिकमको ६० अर्ब आम्दानी हुने गरेकाेमा अहिले कसरी रु. ३० अर्बमा झर्यो ?” : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

“नेपाल टेलिकमको ६० अर्ब आम्दानी हुने गरेकाेमा अहिले कसरी रु. ३० अर्बमा झर्यो ?”

मेरो आर्थिक मेरो आर्थिक श्रावण २६ गते २०८१

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल टेलिकमको गुणस्तर सुधारका लागि सक्षम नेतृत्व र चुस्त व्यवस्थापनको खाँचो औँल्याएका छन्।

पोखरास्थित टेलिकमको प्रादेशिक तथा जिल्ला कार्यालयको आज निरीक्षणका क्रममा उनले टेलिकमको सेवालाई समयसापेक्ष ढङ्गले रुपान्तरण गर्दै लैजानुपर्ने बताए ।

“अहिलेको अवस्थाबाट नेपाल टेलिकमलाई सुधार गर्न सकिएन भने आउँदा केही वर्षमा टेलिकम सङ्कटमा पर्नसक्छ”, मन्त्री गुरुङले भने, “तीन/चार वर्षअघि रु ६० अर्ब आम्दानी हुने गरेकाेमा अहिले कसरी रु ३० अर्बमा झर्यो अब समीक्षा गर्ने बेला आएको छ ।”

उनले एक वर्षभित्रमा टेलिकमलगायत संस्थामा नीतिगत र व्यवस्थापकीय सुधार गर्ने गरी मन्त्रालयले योजना बनाएको उल्लेख गरे । मन्त्री गुरुङले इन्टेरनेट सेवाको विस्तारले नेपाल टेलिकमको भ्वाइस तथा डाटाको प्रयोग कम हुँदै गएको उल्लेख गर्दै टेलिकमले सोही किसिमको प्रविधि र जनशक्ति तयार गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?