Skip to content
logo
असाेज ५ गते २०८१ समयः

डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा १० प्रतिशत छुट

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ५ गते २०८१
डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफुलाई आवश्यक समान खरिदकाे भुक्तानीमा १० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई लाभान्वित गर्ने गरी बैंकले बिगमार्टसंग सहकार्य गरी बिगमार्टका सम्पूर्ण स्टोरहरुमा १०% वा अधिकतम २०० सम्म छुट योजना ल्याएको छ । उक्त छुट योजना हरेक शनिबारका दिनमात्र लागू हुनेछ ।

ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंककाे देशरभमा ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रहरू रहेका छन् ।

Add a new comment