Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १२ गते २०८१
महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डक र, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा धेरै भारी र एक-दुई स्थानहरूमा अति धेरै वर्षाको पनि सम्भावना रहेको छ। देशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।

Add a new comment