प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै


प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज स्वदेश फर्किंदै छन् । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ४ गते न्युयोर्क गएका थिए ।
ओलीले असोज १० गते महासभालाई सम्बोधन गरेका थिए । न्युयोर्कमा रहँदा उनले धेरै राष्ट्रहरुका प्रमुखहरुसँग समेत साइडलाइन वार्ता गरेका थिए । उनी आज अपराह्न चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।
उनी आइतबार अमेरिकाबाट कतारको दोहाका लागि प्रस्थान गरेका छन् । उनी दोहा हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने छन् ।
सम्बोधनपछि केही भेटघाट र अन्तर्क्रियामा रहेका ओली बाढी पहिरोका बिच पनि स्वदेश फर्किन हतार नगरेको भन्दै आलोचना समेत भएको थियो । उनी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै स्वदेश फर्किन लागेका हुन् ।
यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%