Skip to content
logo
पौष ११ गते २०८१ समयः

धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर ९ गते २०८१
धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता

मेरो आर्थिक, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिने भएको छ । बोर्डका अनुसार केही समय अगाडी जारी सूचना बमोजिमको आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका आवेदकहरुसँग पुनः अन्तर्वार्ता लिन लागिएको हो ।
गठित अध्यक्ष सिफारिस समितिले उनीहरूलाई आज बिहान ८ बजे अन्तर्वार्तामा बोलाएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । सर्टलिस्ट’मा नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीको नाम समावेश भएको बोर्डले जनाएको छ ।

Add a new comment