माघ १९ गते २०८२ --:--:--
मेनु

मौसम पूर्वानुमान महाशाखाका अनुसार

मेरो आर्थिक मेरो आर्थिक चैत्र १७ गते २०८१ ७:२० AM
मौसम पूर्वानुमान महाशाखाका अनुसार

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागको मौसम मूख्यतया सफा रहेको छ।

सोमबार कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?