काठमाडौँ । इन्टर मिलानले जारी फिफा क्लब विश्वकप अन्तर्गतको खेलमा जापानी क्लब उरवा रेड डायमण्डसलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा इन्टर मिलानले उरवा रेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
इन्टर मिलानको जितमा खेलको इन्जुरी समयमा भालेन्टाईन कार्बोनीले गरेको गोल निर्णायक भएको थियो । यस अघि खेलको ११औं मिनेटमा रिओमा वाटानाबले गरेको गोलबाट उरवा रेडले अग्रता लिए पनि खेलको ७८औं मिनेटमा लाउतारो मार्टिनेजले गोल गर्दै खेल बराबरी गरेका थिए ।
यो जितपछि इन्टर मिलानको २ खेलमा ४ अंक भएको छ भने उरावा रेडले आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।













