माघ २२ गते २०८२ --:--:--
मेनु

वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको फराकिलो जित

मेरो आर्थिक मेरो आर्थिक असार १४ गते २०८२ ७:४६ AM
वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलियाको फराकिलो जित

काठमाडौं । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा विजयी शुरुवात गरेको छ । जारी सिरिजमा अस्ट्रेलियाले पहिलो टेस्ट १५९ रनले जितेको हो ।

टेस्टको तेस्रो दिन अस्ट्रेलियाले दिएको ३०१ रनको लक्ष्य पछाएको वेस्ट इन्डिज १४१ रनमा अल आउट भएपछि अस्ट्रेलियाले फराकिलो जित हासिल गरेको हो ।

वेस्ट इन्डिजको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोस हजेलवूडले ५ विकेट लिएका थिए भने नाथन लायनले २ विकेट लिएका थिए ।

यस टेस्टमा अस्ट्रेलियाले पहिलो इनिंगमा १८० रन मात्र बनाएको थियो भने वेस्ट इन्डिजले १९० रन बनाएर १० रनको अग्रता लिएको थियो ।

दुवै इनिंगमा अर्धशतक बनाएका अस्ट्रेलियाका ट्राभिस हेड यस खेलको प्लेयर अफ द म्याच बनेका थिए । यो जितपछि अस्ट्रेलिया ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल जुलाई ३ देखि सेन्ट जोर्जसमा हुने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?