माघ २२ गते २०८२ --:--:--
मेनु

६ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान

मेरो आर्थिक मेरो आर्थिक असार १७ गते २०८२ ५:५९ AM
६ खेलाडीलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार प्रदान

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी एक एक जना प्रशिक्षक, निर्णायक र चिकित्सकलाई राष्ट्रिय खेलकुद प्रतिभा पुरस्कार दिएको छ ।

मन्त्रालयले राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीलाई जनही एक लाख नगद पुरस्कार दिएको छ ।

खेलकुदमन्त्री तेजु लाल चौधरीको प्रमुख आतिथ्यता तथा मन्त्रालयका सचिव हरिप्रसाद लम्सालको अध्यक्षतामा सोमबार मन्त्रालयका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीहरु, छनोट समितिका पदाधिकारीहरु, सम्मानित खेलकुद प्रतिभा पुरस्कार प्रदान गरिएको छ । 

राष्ट्रिय खेलकुद सम्मान प्राप्त गर्ने खेलाडीमा तेक्वान्दोका भरत सिंह महता, प्रेम बहादुर लिम्बु, र विर वहादुर महरा रहेका छन् । त्यस्तै कबड्डीकी अनुजा कुलुङ राई र मानमती विष्ट रहेका  छन् भने फुटबलकी दिपा शाही रहेकी छन् । त्यस्तै प्रशिक्षकतर्फ तेक्वान्दोका कविराज नेगी लामा र बक्सिङका निर्णायक धन कुमार मैनाली र चिकित्सक डा. राजु डंगोल रहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?