श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाल ४-० ले अगाडी, साम्बाको ह्याट्रिक

मेरो आर्थिक मेरो आर्थिक असार १८ गते २०८२

काठमाडौं । नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४-० को अग्रता लिएको छ । 

उज्बेकिस्तानको तासकेन्तस्थित बुनयोदकोर स्टेडियममा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गतको खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४ गोल गरेको हो ।

नेपालका लागि खेलको छैटौं मिनेटमा गीता राणाले हेडमार्फत पहिलो गोल गरेकी थिइन् भने सावित्रा भण्डारी साम्बाले ह्याट्रिक गरेकी थिइन् । साम्बाले खेलको २०औं, ४२औ र ४५औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेकी थिइन् ।  

फिफा वरियतामा श्रीलंका नेपालभन्दा धेरै पछाडीको टिम हो । नेपाल हाल फिफाको महिला वरियताको सयौं स्थानमा छ भने श्रीलंका १५९औं स्थानमा रहेको छ ।

यस छनौट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा लाओसविरुद्ध ९-० गोल अन्तरको जित हासिल गरेर शानदार शुरुवात गरेको छ । त्यस्तै श्रीलंकाले भने आफ्नो पहिलो खेल उज्बेक्स्तानसँग १०-० ले हारेको थियो ।  

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?