माघ २२ गते २०८२ --:--:--
मेनु

नेपाल पेनाल्टी सुटआउटमा पराजित, उज्बेकिस्तान एसिया कपमा छनोट

मेरो आर्थिक मेरो आर्थिक असार २२ गते २०८२ ६:५४ AM
नेपाल पेनाल्टी सुटआउटमा पराजित, उज्बेकिस्तान एसिया कपमा छनोट

काठमाडौं । उज्बेकिस्तान नेपाललाई पेनाल्टी सुटआउटमा हराउदै एएफसी महिला एसियन कपमा छनोट भएको छ ।

पेनाल्टी सुट आउटमा उज्बेकिस्तान ४-२ ले विजयी भएको थियो । नेपालका लागि सावित्रा भण्डारी र गोलकिपर अन्जना राना मगरले पेनाल्टी मिस गरेका थिए । 

यस अघि खेलको दोस्रो मिनेटमै शुरुवाती गोल गरेको उज्बेकिस्तानले खेलको १२औं मिनेटमा दोस्रो गोल गरेको थियो । त्यसपछि खेलको २४औ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि एक गोल गरेकी थिइन् । त्यसपछि उज्बेकिस्तानले खेलको ३९औं मिनेटमा पेनाल्टीबाट गोल गरेको थियो ।

पहिलो हाफको इन्जुरी समयमा उज्बेकिस्तानकी खेलाडीले रातो कार्ड खाएर मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो । खेलको दोस्रो हाफमा नेपालले दुई खेल गर्दै खेलमा फर्किएको थियो । निर्धारित ९० मिनेटसम्म ३-३ गोलको बराबरीमा भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?