माघ २२ गते २०८२ --:--:--
मेनु

पोल्याण्डकी स्विटेकले जितिन विम्बल्डन महिला एकल उपाधि

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८२ ७:३३ AM
पोल्याण्डकी स्विटेकले जितिन विम्बल्डन महिला एकल उपाधि

काठमाडौँ । पोल्याण्डकी इगा स्विटेकले विम्बल्डन २०२५ महिला एकल उपाधि जितेर इतिहास रचेकी छिन् ।

आठौं वरियताकी स्विटेकले फाइनलमा अमेरिकाकी अमान्डा एनिसिमोभालाई ६-०, ६-० को सोझो सेटमा पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि र समग्रमा छैटौं ग्रान्ड स्लाम उपाधि जितेकी छन् । 

२४ वर्षीया स्विटेकले फाइनलमा एकतर्फी प्रदर्शन गर्दै केवल ५७ मिनेटमा एनिसिमोभालाई पराजित गरिन् । यो १९११ पछि विम्बल्डन महिला एकल फाइनलमा पहिलो ६-०, ६-० को जित हो, जुन प्रतियोगिताको इतिहासमा सबैभन्दा एकतर्फी उपाधि खेलहरू मध्ये एक बनेको छ । स्विटेकले सम्पूर्ण प्रतियोगितामा केवल एक सेट हारेकी थिइन् ।

यो स्विटेकको छैटौं ग्रान्ड स्लाम उपाधि हो । यसअघि उनले चार पटक (२०२०, २०२२, २०२३, २०२४) र एक पटक युएस ओपन (२०२२) जितेकी थिइन् ।

यो विम्बल्डनमा उनको अहिलेसम्मकै उत्कृष्ट उपलब्धि हो, यसअघि उनी २०२३ मा क्वार्टरफाइनलमा पुगेकी थिइन् । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?