माघ २२ गते २०८२ --:--:--
मेनु

यू-२० महिला साफ: अन्तिम समयमा गोल गर्दै नेपालमाथि बंगलादेशको जित

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८२ ९:४१ PM
यू-२० महिला साफ: अन्तिम समयमा गोल गर्दै नेपालमाथि बंगलादेशको जित

काठमाडौँ । नेपाल साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग पराजित भएको छ  ।

आइतबार सम्पन्न खेलमा नेपाल बंगलादेशसँग ३-२ गोल अन्तरले पराजित भएको हो । पहिलो हाफमा २-० ले पछि परेको नेपालले खेलमा कमब्याक गर्दै २-२ को बराबरी गरेको थियो । तर बंगलादेशले खेलको इन्जुरीसमयको अन्तिम समयमा गोल गर्दै नेपाललाई पराजित गरेको थियो ।

नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो भने बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९-१ गोल अन्तरले पराजित गरेको थियो । 

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २२ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

यस प्रतियोगितामा नेपालले अब अर्को खेल जुलाई १७ मा श्रीलंकाविरुद्ध, जुलाई १९ विरुद्ध भुटान र जुलाई २१ मा बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ । यसअघि खेलिएका चारै पटक बंगलादेश च्याम्पियन बनेको छ भने नेपाल २०१८ र २०२३ मा उपविजेता बनेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?