काठमाडौँ । लिभरपुलले आफ्ना दिवंगत खेलाडी डिओगो जोटालाई विशेष सम्मान दिने घोषणा गरेको छ ।
सडक दुर्घटनामा निधन भएका जोटालाई विशेष सम्मान दिदै लिभरपुलले आफ्नो टिममा सधैभर समावेश गर्ने निर्णय गरेको हो ।
अब लिभरपुलले क्लबको आधिकारिक वेबसाइटमा रहेको खेलाडीको सूचीमा जोटालाई पनि समावेश गर्न जारी राख्ने भएको छ । खेलाडीको सूचीमा गोलकिपर, डिफेन्डर, मिडफिल्डर र फरवार्ड पछि ‘फरएभर’ अर्थात सधैका लागि भन्ने स्थानमा जोटाको नाम राखिएको छ ।
त्यस्तै लिभरपुलले आफ्नो २० नम्बरको जर्सी रिटायर गर्ने घोषणा गरेको छ । क्लबले जोटाकी श्रीमती रुटे र परिवारसँग परामर्श गरेपछि, क्लबले एलएफसी महिला र एकेडेमीसहित सबै तहका टिमबाट २० नम्बरको जर्सी रिटायर्ड गर्ने निर्णय गरेको छ ।
जोटाको आफ्ना भाईसहित आफैले चलाएको कार दुर्घटनामा परि जुलाई ३ मा स्पेनमा निधन भएको थियो ।













