माघ २२ गते २०८२ --:--:--
मेनु

साफ यू-२० महिला च्याम्पियनसिप: जित्नैपर्ने खेलमा बंगलादेशसँग भिड्दै नेपाल

मेरो आर्थिक मेरो आर्थिक श्रावण ५ गते २०८२ ११:३६ AM
साफ यू-२० महिला च्याम्पियनसिप: जित्नैपर्ने खेलमा बंगलादेशसँग भिड्दै नेपाल

काठमाडौँ । बंगलादेशको ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गत आज अन्तिम खेलमा नेपालले बंगालदेशको सामना गर्दैछ ।

नेपालले उपाधि जित्न सोमबार हुने बंगलादेशविरुद्धको खेल जित्नै पर्ने भएको छ । यो खेल सोमबार साँझ नेपाली समय अनुसार ६: ४५ बजेदेखि शुरु हुने छ । 

हाल सम्म सम्पन्न ५-५ खेलपछि बंगलादेश अपराजित रहदै पाँचै खेल जितेर १५ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेपाल भने बंगलादेशविरुद्ध एक हार बेहोरेर ५ खेलमा १२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

नेपालले यस प्रतियोगिताका ५ खेलमा ३० गोल गरेको छ । र गोल अन्तरमा बंगलादेशभन्दा ६ गोलले अगाडी रहेकाले अन्तिम खेलमा बंगलादेशलाई पराजित गरेमा उपाधि जित्ने छ । त्यस्तै तेस्रो स्थानमा रहेको भुटानले ५ खेलमा एक मात्र जित हासिल गरेको छ भने श्रीलंकाले पाँचै खेलमा हार बेहोरेको छ ।

नेपालले बंगलादेशसँगको खेलमा अन्तिम मिनेटमा गोल खाएर ३-२ को दुर्भाग्यपूर्ण हार बेहोरेको थियो । अन्य खेलमा नेपालले शानदार प्रदर्शन गरेको छ ।   नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० को अन्तरले हरायो भने भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० ले हरायो ।

प्रतियोगितामा नेपालकी पुर्णिमा राईले सर्बाधिक १० गोल गरेकी छन् भने मीना देउवाले ७ गोल गरेकी छन् ।

नेपालसहित बंगलादेश, श्रीलंका र भुटानले भाग लिइरहेको यो प्रतियोगिता जुलाई २१ सम्म चल्ने छ । यो प्रतियोगिता डबल राउण्ड रोबिनका आधारमा खेलाईदैछ । हरेक देशले एक अर्काविरुद्ध २-२ पटक खेलेपछि शिर्ष स्थानमा रहने देश विजेता हुने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?