माघ २२ गते २०८२ --:--:--
मेनु

पोखरामा मनाइयो गाइजात्रा

मेरो आर्थिक मेरो आर्थिक श्रावण २५ गते २०८२ ६:०२ PM
पोखरामा मनाइयो गाइजात्रा

पोखरा । पोखरा लगायत देशभरका नेवार समुदायहरूले आफ्नो महत्त्वपूर्ण सांस्कृतिक पर्व गाईजात्रा मनाएका छन् । पर्वका अवसरमा टोल टोलबाट मृतक आफन्तहरूको सम्झनामा गाईको प्रतिकात्मक रूप धारण गरी जात्रा निकालिएको छ ।

यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात् जनै पूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको यो पर्व नेवार समुदायहरूले निकै महत्वका साथ मनाउने गर्दछन् । 

पोखराको रामकृष्णटोल, गणेशटोल, नालामुख, भीमसेनटोल, भैरवटोल मोहोरियाटोल, तेर्सापट्टी लगायत  नेवार समुदायहरूको बसोबास रहेका टोल तथा बस्तीहरूमा आज धूमधामका साथ गाईजात्रा पर्व बनाइएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?