काठमाडौं । नेपाल ए ले आसाम राज्य टिमलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेपाल ए ले आसामलाई ९ रनले पराजित गरेको हो ।
नेपाल ए ले दिएको १९७ रनको लक्ष्य पछाएको आसाम राज्य टिमले २० ओभरमा अल आउट हुदै १८७ रन बनाएको थियो ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको थियो । नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ७४ रन बनाएका थिए भने मोहमद आदील आलमले ३५, तृत दासले ३३ र कप्तान अनिल शाहले ३१ रन बनाएका थिए ।
यो जितपछि ५ खेलको सिरिजमा नेपाल ए २-१ ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल भोली हुदै छ ।













