वैशाख १५ गते २०८३ --:--:--
मेनु

सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूको प्रदर्शन

मेरो आर्थिक मेरो आर्थिक भाद्र २२ गते २०८२ ४:५२ PM
सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध पत्रकारहरूको प्रदर्शन

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियनलगायतका संगठनहरूले आइतबार काठमाडौंको माइतीघरमण्डलामा ब्यानरसहित उभिएर प्रदर्शन गरेका हुन् । उनिहरुले सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरूद्ध प्रदर्शन गरेका छन् ।

उनीहरूले ‘ सञ्जाल बन्द, आवाज बन्द’, जनताको मुख थुन्न पाइँदैन,’ ‘अभिव्‍यक्ति स्वतन्त्रता हाम्रो अधिकार,’  ‘सरकारले हान्यो पेटमा लात, खोसियो हाम्रो दाल र भात,’ अलोकतान्त्रिक निर्णय फिर्ता गर ‘लगायतका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन् ।

पत्रकार अगुवाहरुले सामाजिक प्लेटफर्म बन्द गरेर सरकारले नागरिकको अधिकार हनन गरेको भन्दै तत्काल निर्णय फिर्ता हुनुपर्ने माग गरेका थिए ।
सरकारले सर्वोच्च अदालतको आदेशलाई स्वीकार्दै तथा सामाजिक सञ्जालको प्रयोगलाई व्‍यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम फेसबुक, एक्स, युट्युब, ह्वाट्सएपलगायतका २६ बढी सामाजिक सञ्जाललाई सूचीकरण नगरेको भन्‍दै बन्द गर्न दूरसञ्‍चार प्राधिकरणलाई निर्देशन दिएको थियो।

त्यसपछि दूरसञ्‍चार प्राधिकरणले सूचीकरण नभएका सामाजिक सञ्जालहरू (प्राधिकरणले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स(ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलगायत )लाई बन्द गर्न आइएसपीलाई परिपत्र गरेको थियो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?