जेनजी नेपालको आन्दोलनलाई कम आँक्दा देशले एतिहासिक क्षति बेहोर्नु परेको छ । सेप्टेम्वर ८ को आन्दोलनमा सरकारको बरबर दमन पछी भड्किएको आन्दोलनले केही घण्टामैं देशको मुल प्रशासनिक, न्यायिक लगायत सम्पुर्ण संरचनाहरु खण्डहर बनेको छ ।
एमालेको झापा पार्टी कार्यालयमा, रमेश लेखकको नैकापस्थित निवास, बुढानिलकण्ठस्थित देउवाको निवास, आरजु अध्यक्ष रहेको युलेन्स स्कुल, काँग्रेस र एमालेका केन्द्रीय कार्यालय, गगन थापा निवास, ओलीको बालकोटस्थित निवास, पोखरा महानगरको कार्यालय, भैसेपाटीस्थित मन्त्री निवास, प्रचण्डको खुमलटारस्थित निवास, एमाले महासचिव पोखरलेको निवास, संसद भवन, सिंहदरबार, राष्ट्रपति निवास शित्तल निवास, सर्वोच्च अदालत, दमकको भ्युटावर, प्रचण्डको चितवनस्थित घर, रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय, बलकोटपछि ओलीको पुर्ख्यौली घर, झलनाथ खनाल निवास, बिद्या भण्डारी निवास, उपत्यका ट्राफिक प्रहरी कार्यालय, जिल्ला तथा उच्च अदालत, नागरिक उड्यायन प्रधिकरण, देशै भरका गाउँपालिका तथा नगर पालिका कार्यालयहरु, पार्टी कार्यालयहरु, उच्चपदस्थ ब्याक्तिहरुको निवास लगायत अधिकांश भवनहरु खण्डहरमा परिणत भएको छ ।
प्रधानमन्त्रीको राजिनामा करीव २ बजे स्विकृत भएपनि आन्दोलन नियन्त्रण बाहिर पुगिसकेको थियो ।फस्वरुप देशका अधिकांश भौतिक संरचनाहरु क्षणभरमै खण्डहर बने । केही मन्त्रालयहरु बुधबार बिहान सम्म जलिरहेका थिए ।
जेनजी नेपालको आन्दोलनलाई कम आँक्दा एतिहासिक क्षति













