माघ २१ गते २०८२ --:--:--
मेनु

च्याम्पियन्स लिग: बार्सिलोनामाथि चेल्सीको शानदार जित

मेरो आर्थिक मेरो आर्थिक मंसिर १० गते २०८२ ७:२३ AM
च्याम्पियन्स लिग: बार्सिलोनामाथि चेल्सीको शानदार जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिगमा चेल्सीले बार्सिलोनामाथि प्रभावशाली प्रदर्शन गर्दै ठूलो जीत दर्ता गरेको छ। गएराती स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले बार्सिलोनालाई ३–० ले पराजित गर्दै महत्वपूर्ण अंक जोडेको हो।

चेल्सीका एस्टेभाओ र लियाम डेलेपले एक–एक गोल गरे भने बार्सिलोनाका जुलेस कुण्डेले आत्मघाती गोल गरेका थिए। खेलको ४४औं मिनेटमा रोनाल्ड अराउजो रातो कार्ड लिएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा झर्नुपरेको थियो।

यस जितसँगै चेल्सीले ५ खेलबाट १० अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। उता बार्सिलोनाले भने यस सिजन च्याम्पियन्स लिगमा दोस्रो हार व्यहोर्दै ५ खेलमा ७ अंकसहित १५औं स्थानमा रहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?