माघ २१ गते २०८२ --:--:--
मेनु

यू–१९ एशिया कप: आज नेपालले श्रीलंकाको सामना गर्दै

मेरो आर्थिक मेरो आर्थिक मंसिर २७ गते २०८२ ७:११ AM
यू–१९ एशिया कप: आज नेपालले श्रीलंकाको सामना गर्दै
Ashok Dhami Captain of Nepal interacts with media during the press conference ahead of the ACC Men’s U19 Asia Cup 2025 at the Dubai International Cricket Stadium, Dubai, United Arab Emirates, on 11 December 2025.Photo by Creimas for Asian Cricket CouncilRESTRICTED TO EDITORIAL USE

काठमाडौँ । एसीसी पुरुष यू–१९ एशिया कप आज नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको छ । समुह बी मा रहेको नेपालले पहिओ खेल श्रीलंकासँग खेल्न लागेको छ ।

यो खेल नेपाली समय अनुसार आज बिहान १०: ४५ बजेदेखि शुरु हुने छ । आजै समुह बी का अफगानिस्तान र बंगलादेश पनि खेल्दैछन् । 

एकदिवसीय फर्म्याटमा हुने एसीसी यू-१९ एशिया कपमा आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् भने प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् ।

नेपाल समुह बी मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग रहेको छ । नेपालले डिसेम्बर १३ मा पहिलो खेल श्रीलंकासँग खेल्ने छ भने डिसेम्बर १५ मा दोस्रो खेल बंगलादेशसँग र डिसेम्बर १७ मा तेस्रो खेल अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १५ सदस्यीय यू-१९ टिम युएई पठाएको छ । एशिया कप खेल्ने नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (उपकप्तान), निश्चल क्षेत्री, किब्रिन श्रेष्ठ, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, भान्स क्षेत्री, अभिषेक तिवारी, सहिल पटेल, आशिष लहार, विपिन शर्मा, रोशन विक र युवराज खत्री रहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?