काठमाडौँ । फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले पुर्व क्लब पीएसजीविरुद्धको कानुनी लडाई जितेका छन् ।
अदालतमा चलिरहेको बोनससम्बन्धि मुद्धामा पीएसजीले एम्बाप्पेलाई ६३ मिलियन डलर तिर्न आदेश दिएको छ ।
यो आदेशसँगै लामो समयदेखि एम्बाप्पे र पीएसजीबीच चलिरहेको विवादको अन्त्य भएको छ । एम्बाप्पेले पीएसजीले आफ्नो अन्तिम समयको पारिश्रमिक र बोनस नदिएको भन्दै अदालत गएका थिए । अनुसन्धानको क्रममा अदालतले २०२४ को अप्रिल, मे र जुनको पारिश्रमिक र बोनस नदिएको पाइएको जनाएको छ ।
त्यस्तै अदालतले पीएसजीले एम्बाप्पेविरुद्ध दायर गरेको ५१८ मिलियन डलरको मानहानी मुद्धा खारेज गरिदिएको छ । पीएसजीले एम्बाप्पे फ्री-ट्रान्सफरमा रियल म्याड्रिड जादा क्लबलाई नोक्सान भएको भन्दै सो मुद्धा दायर गरेको थियो ।
एम्बाप्पे पीएसजीमा २०१७ देखि २०२४ सम्म खेलेका थिए । २०२३-२४ को सिजन पछि उनी रियल म्याड्रिडमा फ्री-ट्रान्सफरमा गएका थिए ।










