पौष ६ गते २०८२ --:--:--
मेनु

फिल्म परानको प्रदर्शनको ५१ दिन पूरा

मेरो आर्थिक मेरो आर्थिक पौष ५ गते २०८२ ८:४८ PM
फिल्म परानको प्रदर्शनको ५१ दिन पूरा

काठमाडौँ । फिल्म ‘परान’ले प्रदर्शनको ५१ दिन पूरा गरेको छ ।  फिल्मले शनिबार प्रदर्शनको ५१औं दिन पुरा गरेको हो ।

निर्देशक  दीपक प्रसाद आचार्यले प्रदर्शनको ५१औं दिनको अवसरमा टोखास्थित अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको जानकारी दिएका छन् ।  हास्य कलाकारको रुपमा परिचित दीपक प्रसाद आचार्य ‘काकु’ को निर्देशकीय डेभ्यु फिल्म हो ।

परान अझै देशभरका कैयौं हलमा फिल्म प्रदर्शनरत रहेको छ । यस वर्ष ५१औं दिन मनाउने यो तेस्रो फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले पनि प्रदर्शनको ५१औं दिन मनाएका थिए ।

फिल्मले ५१ दिनसम्म बक्स अफिसमा करिब १७ करोड ६० लाख ग्रस कमाई गरेको छ । 

‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्म समेत बनेको छ । यसअघि फिल्म १२ गाउँले  १९ करोड ९२ लाख, कबड्डी-४ ले २१ करोड ४० लाख र पूर्णबहादुरको सारङ्गीले ४६ करोड ८७ लाख ग्रस कमाई गरेका थिए  ।

बाबु-छोराको भावनात्मक सम्बन्धको कथामा बनेको यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ लगायतको प्रमुख भूमिका रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?