काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको माघ १८ देखि २१ गतेसम्म हुने जापानको औपचारिक भ्रमण स्वीकृत गरेको छ ।
नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ७०औं बर्ष पुगेको अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेको र सो भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका हुन् ।
त्यस्तै विहिबारको मन्त्रिपरिषद्को बैठकले नेपाल स्कट एक्सचेन्ज लिमिटेडको पुनर्संरचना सम्बन्धि सुझाव समितिको प्रतिवेदन सार्बजनिक गर्ने निर्णय गरेको छ भने २०८२ फागुन १ गतेदेखि लागु हुने गरि नेपाल प्रहरीको रासन स्केल र रासन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।













