माघ १९ गते २०८२ --:--:--
मेनु

प्रत्यक्षतर्फका छापियो ३९ लाख ९८ हजार मतपत्र

मेरो आर्थिक मेरो आर्थिक माघ १९ गते २०८२ ४:४३ PM
प्रत्यक्षतर्फका छापियो ३९ लाख ९८ हजार मतपत्र

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ ।

निर्वाचन आयोगका अनुसार कूल ३० जिल्लाको मतपत्र छपाइ गरिसकेको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ हुने आयोगले जानकारी दिएको छ । 

समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ ।

त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?