काठमाडौँ । भारतले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा भारतले अमेरिकालाई २९ रनले पराजित गर्दै विश्वकपमा विजयी शुरुवात गरेको हो ।
भारतले दिएको १६२ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो ।
अमेरिकाको लागि संजय कृष्णामुर्थीले सर्बाधिक ३७ र मिलिंद कुमारले ३४ रन बनाएका थिए । त्यस्तै शुभम रन्जानेले अविजित ३७ रन बनाएका थिए ।
त्यस्तै भारतीय बलर मोहमद सिराजले विकेट विकेट लिए भने अर्शदीप सिंह र अक्सर पटेलले २-२ विकेट लिए तथा वरुण चक्रवर्तीले एक विकेट लिएका थिए ।
यसअघि भारतले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । भारतका लागि कप्तान सूर्यकुमार यादवले अविजित ८४ रन बनाए भने तिलक बर्माले २५ र इशान किशनले २० रनको योगदान दिएका थिए । त्यस्तै अक्सर पटेलले १४ रन बनाएका थिए ।
त्यस्तै अमेरिकाका बलर शाडली भ्यान शाल्कविकले ४ विकेट लिए भने हरमित सिंहले २ विकेट लिएका थिए । त्यस्तै अली खान र मोहमद मोहसिनले एक एक विकेट लिएका थिए ।
अब भारतले अर्को खेल फेब्रुअरी १२ मा नामिबियासँग खेल्ने छ भने अमेरिकाले अर्को खेल फेब्रुअरी १० मा पाकिस्तानसँग खेल्ने छ ।













