माघ २६ गते २०८२ --:--:--
मेनु

टी-२० विश्वकपमा आज तीन खेल हुदै

मेरो आर्थिक मेरो आर्थिक माघ २६ गते २०८२ ६:४४ AM
टी-२० विश्वकपमा आज तीन खेल हुदै

काठमाडौँ । आज जारी आइसीसी टी-२० विश्वकप अन्तर्गत तीन खेल हुदैछ ।  

आज पहिलो खेल समुह सी अन्तर्गत इटाली र स्कटल्याण्डबीच हुदैछ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल बिहान ११: १५ बजेदेखि शुरु हुदैछ । इटालीको यस विश्वकपमा यो पहिलो खेल हो भने स्कटल्याण्डले पहिलो खेलमा वेस्ट इन्डिजसँग हार बेहोरेको थियो ।

त्यस्तै आज दोस्रो खेल समुह बी अन्तर्गत ओमान र जिम्बाबेबीच हुदै छ । श्रीलंकाको कोलम्बोमा हुने यो खेल दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो ।

त्यसैगरी आज तेस्रो खेल समुह डी अन्तर्गत क्यानडा र दक्षिण अफ्रीकाबीच हुदैछ । भारतको अहमदावादमा हुने यो खेल साँझ ७: १५ बजेदेखि शुरु हुदै छ । यस विश्वकपमा दुवैको यो पहिलो खेल हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?