काठमाडौँ । श्रीलंकाले ओमानलाई १०५ रनको फार्किलो अन्तरले पराजित गरेको छ ।
विहिबार सम्पन्न खेलमा श्रीलंकाले ओमानलाई १०५ रनको अन्तरले पराजित गर्दै जारी विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ ।
श्रीलंकाले दिएको २२६ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । ओमानका लागि मोहमद नादीमले ५३ रन बनाए भने वासिम अलीए २७ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ५ विकेट गुमाउदै २२५ रन बनाएको थियो । यो यस विश्वकपको अहिलेसम्मको सबै भन्दा धेरै टोटल हो । श्रीलंकाका लागि कुशल मेन्डिसले ६१, पवन राथानायकले ६० र कप्तान दसुन शानकाले ५० रन बनाएका थिए । त्यस्तै कामिन्दु मेन्डिसले ७ बलमा अविजित १९ रन बनाएका थिए । त्यसैगरी ओमानका बलर जितें रामानान्दीले २ विकेट लिए भने जय ओडेड्रा, सुफयान मेहमूदले एक एक विकेट लिएका थिए । यो श्रीलंकाको जारी विश्वकपमा लगातार दोस्रो जित हो भने ओमानले लगातार दोस्रो हार बेहोरेको छ ।
अब श्रीलंकाले अर्को खेल आगामी सोमबार अस्ट्रेलियासँग खेल्ने तालिका छ भने ओमानले आगामी शनिबार आयरल्याण्डसँग खेल्ने तालिका रहेको छ ।













