माघ २९ गते २०८२ --:--:--
मेनु

नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी

मेरो आर्थिक मेरो आर्थिक माघ २९ गते २०८२ ६:०७ PM
नेपालको लज्जास्पद हार, इटाली १० विकेटले विजयी

काठमाडौँ । नेपालले इटालीसँग लज्जास्पद हार बेहोरेको छ । आइसीसी टी-२० विश्वकप अन्तर्गत समुह सी को खेलमा इटालीले नेपाललाई १० विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १२४ रनको लक्ष्य पछाएको इटालीले १२.३ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

इटालीका ओपनर दाजुभाई जस्टिन मोस्का र एन्थोनी मोस्काले शानदार ब्याटिंग गरेका थिए । जस्टिनले ६० रन बनाए भने एन्थोनीले ६२ रन बनाएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले १९.३ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको थियो ।

नेपालका लागि आरिफ सेखले २७, कप्तान रोहित पौडेलले २३ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २० र दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए । त्यसैगरी करण केसीले अविजित १८ रन बनाएका थिए ।

त्यस्तै इटालीका बलर क्रिशान कालुगामाजले ३ र बेन मानेनटीले २ विकेट लिएका थिए । त्यस्तै जेजे स्मुटस, जसप्रित सिंह र अलि हसनले एक एक विकेट लिएका थिए ।

यो हारपछि नेपालको सुपर ८ मा पुग्ने सम्भावना कठिन बनेको छ । अब नेपालले अर्को खेल आइतबार वेस्ट इण्डिज सँग खेल्ने छ भने फेब्रुअरी १७ मा स्कटल्याण्डसंग खेल्ने छ ।

त्यस्तै इटालीले भने पहिलो पटक विश्वकप खेल्दै नेपालविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । पहिलो खेल स्कटल्याण्डसँग हारेको इटालीले यो खेल जितेर २ महत्वपूर्ण अंक हासिल गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?