फागुन ११ गते २०८२ --:--:--
मेनु

उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

मेरो आर्थिक मेरो आर्थिक फागुन ११ गते २०८२ ९:२४ PM
उच्च पहाडी क्षेत्रमा सशस्त्र प्रहरीको निर्वाचन लक्षित परिचालन तीव्र

काठमाडौं । निर्वाचन मिति नजिकिँदै जाँदा सशस्त्र प्रहरी बल, नेपालले देशका उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा आफ्नो सुरक्षा परिचालनलाई तीव्र बनाएको छ । दुर्गम भूगोल, सीमित यातायात पहुँच र सञ्चारका चुनौतीलाई ध्यानमा राख्दै विशेष सुरक्षा रणनीति कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।

हिमाली र पहाडी भेगका संवेदनशील मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको अग्रिम परिचालन सुरु गरिएको छ । आवश्यक उपकरण, सञ्चार सामग्री तथा हवाई र स्थलमार्ग समन्वयमार्फत जनशक्ति व्यवस्थापनलाई चुस्त बनाइएको छ ।

दुर्गम क्षेत्रमा समयमै सुरक्षाकर्मी पुग्ने सुनिश्चित गर्न अस्थायी क्याम्प स्थापना, गस्ती वृद्धि तथा स्थानीय प्रशासनसँग समन्वयलाई प्राथमिकता दिइएको छ । मौसम प्रतिकूलता र भौगोलिक जटिलता कारण उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरणका लागि वैकल्पिक योजना समेत तयार गरिएको बताइएको छ ।

सुरक्षा निकायका अनुसार निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको छ । स्थानीय तह, जिल्ला प्रशासन र अन्य सुरक्षा निकायसँगको सहकार्यलाई सुदृढ बनाउँदै समग्र सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाइने जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?