फागुन १९ गते २०८२ --:--:--
मेनु

यू-२० साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा

मेरो आर्थिक मेरो आर्थिक फागुन १९ गते २०८२ ६:५५ PM
यू-२० साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू-२० साफ च्याम्पियनसिप खेल्ने टिमको घोषणा गरेको छ । एन्फाले धरबेन्द्र कुँवरको कप्तानीमा २३ सदस्यीय टिमको घोषणा गरेको हो । 

नेपाली टिममा धरबेन्द्र कुँवर (कप्तान), अलिक श्रेष्ठ, अनुभब पुरी, भक्त बहादुर परियार, विजय उराव, विग्यान खड्का, विनायक थारु, गणेश पुलामी मगर, झोन विष्ट, पवन वंश, निशाण पेम्बा नुरबु भोटे, प्रशान्त मोक्तान, प्रसुन तामाङ, रञ्जित लामा, रोहन मोक्तान, रोशन तामाङ, सविन कुमार लुङ्गेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम र सुजन सुजन बम रहेका छन् । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठ रहेका छन् । 

साफ यू-२० च्याम्पियनसिप मार्च २३ देखि अप्रिल ४ सम्म माल्दिभ्समा आयोजना हुदैछ । नेपाल प्रतियोगिताको समूह ए मा माल्दिभ्स, भुटान र श्रीलंकासँगै छनोट भएको छ भने समूह बी मा भारत, बंगलादेश र पाकिस्तान छन् । समूह चरण पछि, प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?