फागुन २५ गते २०८२ --:--:--
मेनु

हर्क साम्पाङले जितेपछि बालेनको टिप्पणी- तपाइँ र धरानलाई सधै माया छ !

मेरो आर्थिक मेरो आर्थिक फागुन २४ गते २०८२ ५:१२ PM
हर्क साम्पाङले जितेपछि बालेनको टिप्पणी- तपाइँ र धरानलाई सधै माया छ !

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी- १ बाट विजयी भएपछि बालेन शाहले बधाई दिदै सधै माया रहने बताएका छन् । 

साम्पाङले गरेको चुनाव जितेको पोष्टमा कमेन्ट गर्दै बालेनले माया सधै थियो, छ र रहने बताएका हुन् ।  उनले भनेका छन्- ‘तपाइँलाई सधै माया थियो, छ र रहन्छ । तपाइँ र धरानलाई सधै माया छ ।’  

जेनजी आन्दोलनपछि बालेनले आफुलाई प्रधानमन्त्री बनाउन समर्थन नागेको भन्दै साम्पाङले भने उनको सधै आलोचना गर्दै आएका छन् । तर बालेनले भने पटक पटक आफुले साम्पालाई सधै माया गर्ने बताउदै आएका छन् ।

साम्पाङले सुनसरी- १ बाट ३५ हजार ७४१ मत प्राप्त गर्दै रास्वपाकी उम्मेदवार गोमा तामाङ (सरिन) लाई पराजित गरेका हुन् ।     

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?