चैत्र १४ गते २०८२ --:--:--
मेनु

आज विश्व नेवाः दिवस मनाइदै

मेरो आर्थिक मेरो आर्थिक चैत्र १४ गते २०८२ ६:३० AM
आज विश्व नेवाः दिवस मनाइदै

काठमाडौँ । नेवारी साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले विभिन्न कार्यक्रम गरेर आज विश्व नेवाः दिवस मनाइँदै छ ।

हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवारलाई ‘विश्व नेवाः दिवस’ को रुपमा मनाइँदै आएको छ ।

यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । आज वर्ल्ड नेवाः अर्गनाइजेशनले काठमाडौँमा विशेष कार्यक्रम गर्दैछ भने विश्वभर रहेका नेवाः समुदायले विभिन्न कार्यक्रम गर्दैछ ।

सन् २०१८ मा विश्व नेवाः दिवसको अवसरमा विश्वका २२ देशहरूमा विभिन्न कार्यक्रम गरेर मनाइएको थियो । सांस्कृतिक रुपले निक्कै सम्पन्न मानिने नेवार समुदायको आफ्नौ भाषा र लिपि रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?