वैशाख १६ गते २०८३ --:--:--
मेनु

इन्धन महँगिएपछि आजदेखि लागू हुने गरी फेरि बढ्यो गाडी भाडा

मेरो आर्थिक मेरो आर्थिक वैशाख १६ गते २०८३ १:२३ PM
इन्धन महँगिएपछि आजदेखि लागू हुने गरी फेरि बढ्यो गाडी भाडा

काठमाडौं — इन्धनको मूल्य बढेसँगै सार्वजनिक यातायातको भाडा फेरि समायोजन गरिएको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सवारीसाधनको भाडा बढाएको जानकारी दिएको हो। नयाँ दर बुधबारदेखि लागू भएको छ।

विभागका अनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा चल्ने मालवाहक तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको छ। यसअघि पनि चैत २५ गते भाडा बढाइएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १२ वैशाखमा भाडा समायोजनका लागि सहमति दिएपछि विभागले नयाँ दर लागू गरेको जनाएको छ।

हाल डिजेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ। यद्यपि, विद्युतीय सवारीसाधनलाई भने भाडा बढाउन नपाइने विभागले स्पष्ट पारेको छ। नियम विपरीत भाडा वृद्धि गरेमा कारबाही गरिने चेतावनी समेत दिइएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?