वैशाख १६ गते २०८३ --:--:--
मेनु

देशका विभिन्न क्षेत्रमा हावाहुरीको जोखिम, सतर्क रहन मौसम विभागको आग्र

मेरो आर्थिक मेरो आर्थिक वैशाख १६ गते २०८३ १:४७ PM
देशका विभिन्न क्षेत्रमा हावाहुरीको जोखिम, सतर्क रहन मौसम विभागको आग्र

काठमाडौं — जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

विशेष बुलेटिन जारी गर्दै महाशाखाले बुधबार अपराह्नदेखि बिहीबार बिहानसम्म आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा हावाहुरीको जोखिम देखिएको छ। सुदूरपश्चिमका कञ्चनपुर, डडेलधुरा र डोटी, लुम्बिनीका बर्दिया, बाँके, दाङ, अर्घाखाँची र परासी, गण्डकी र बागमतीका नवलपुर र चितवन, मधेसका बारा, पर्सा र धनुषा तथा कोशीका झापा र मोरङमा विशेष सावधानी अपनाउन भनिएको छ।

बुलेटिनअनुसार हावाहुरी बुधबार अपराह्न ४ बजेदेखि सुरु भई बिहीबार बिहान ६:४५ बजेसम्म रहने सम्भावना छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ्ग र असिनासहित वर्षा हुने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गएको जानकारी दिएका छन्। यसको प्रभाव देशका धेरै क्षेत्रमा पर्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?