जेठ १४ गते २०८३ --:--:--
मेनु

स्वास्थ्य बीमा सेवा संकटमा, निजी अस्पतालमा नियमित उपचार बन्द हुने

मेरो आर्थिक मेरो आर्थिक जेठ १४ गते २०८३ ५:५२ AM
स्वास्थ्य बीमा सेवा संकटमा, निजी अस्पतालमा नियमित उपचार बन्द हुने

काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम आर्थिक संकटका कारण गम्भीर दबाबमा परेको देखिएको छ। स्वास्थ्य बीमा बोर्डले आर्थिक स्रोत अभाव देखाउँदै देशभरका निजी अस्पतालमा आकस्मिक बाहेकका सबै बीमा सेवा अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।

बोर्डद्वारा जारी सूचनाअनुसार जेठ १६ गतेदेखि अर्को व्यवस्था नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका नियमित बीमा सेवा स्थगित रहनेछन्।

यस निर्णयपछि स्वास्थ्य बीमा गरेका सेवाग्राहीले निजी अस्पतालमा ओपीडी सेवा, स्वास्थ्य परीक्षण, शल्यक्रिया, औषधि तथा नियमित उपचार सहज रूपमा प्राप्त गर्न नसक्ने भएका छन्। आकस्मिक सेवा भने निरन्तर सञ्चालन हुने बोर्डले जनाएको छ।

देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध ३६ वटा निजी अस्पताल तथा मेडिकल कलेज यस निर्णयबाट प्रभावित हुने बताइएको छ।

सरकारले सबै नागरिकलाई सहज स्वास्थ्य पहुँच उपलब्ध गराउने उद्देश्यसहित सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय आर्थिक अभाव, प्रशासनिक कमजोरी तथा बक्यौता भुक्तानी समस्याले चुनौतीमा परेको भन्दै आलोचना बढ्न थालेको छ।

स्रोतका अनुसार सरकारले निजी अस्पताललाई दिनुपर्ने ठूलो रकम लामो समयदेखि भुक्तानी गर्न नसक्दा निजी क्षेत्र असन्तुष्ट हुँदै आएको थियो। सोही दबाबका बीच स्वास्थ्य बीमा बोर्डले सेवा सीमित गर्ने निर्णय गरेको बताइएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?