असार २३ गते २०८३ --:--:--
मेनु

सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा १ हजार ४ सय रुपैयाँसम्म घट्यो

मेरो आर्थिक मेरो आर्थिक असार २३ गते २०८३ १:१८ PM
सुन र चाँदीको मूल्यमा गिरावट, तोलामा १ हजार ४ सय रुपैयाँसम्म घट्यो

काठमाडौं, २३ असार । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। यसअघि सुन प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, साताअघि मंगलबारको तुलनामा सुनको मूल्य उल्लेख्य रूपमा बढेको देखिएको छ। गत मंगलबार सुन प्रतितोला २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ। अघिल्लो दिन ४ हजार ५८५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ४ हजार ५५५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। गत मंगलबार भने चाँदी प्रतितोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?