असार २४ गते २०८३ --:--:--
मेनु

मौद्रिक नीतिपछि पनि नेप्सेमा उत्साह आएन, परिसूचक ३० अंकले घट्यो

मेरो आर्थिक मेरो आर्थिक असार २४ गते २०८३ ५:४२ PM
मौद्रिक नीतिपछि पनि नेप्सेमा उत्साह आएन, परिसूचक ३० अंकले घट्यो

काठमाडौं । नयाँ मौद्रिक नीतिप्रति लगानीकर्ताले अपेक्षाअनुसार सकारात्मक संकेत नपाएपछि बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य गिरावट आएको छ।

बुधबार नेप्से परिसूचक ३०.०९ अंकले घट्दै २,६२१.५९ विन्दुमा कायम भएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.९३ अंकले ओरालो लागेको छ भने फ्लोट इन्डेक्स २.०६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४२ अंकले घटेका छन्।

परिसूचक घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन ३६२ कम्पनीका ८४ लाख ६३ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

बजारमा सूचीकृत १३ उपसमूहमध्ये केवल म्युचुअल फन्ड उपसमूहले सामान्य वृद्धि दर्ज गरेको छ भने बाँकी १२ उपसमूहका सूचकहरू घटेका छन्। यसले अधिकांश क्षेत्रका लगानीकर्ता बिक्रीतर्फ आकर्षित भएको संकेत गरेको छ।

व्यक्तिगत कम्पनीतर्फ केही कम्पनीहरूको सेयर मूल्य करिब ६ प्रतिशतसम्म बढे पनि कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा धेरै १३.४१ प्रतिशतले घटेको छ।

मौद्रिक नीतिपछि बजारमा सकारात्मक वातावरण बन्ने अपेक्षा गरिए पनि लगानीकर्ताको मनोबल तत्काल सुधारिन नसक्दा नेप्सेमा दबाब देखिएको विश्लेषकहरूको भनाइ छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?