ग्लोबल बैंकको नयाँ योजना सञ्चालनमा
मेरो आर्थिक
वैशाख ३ गते २०८०
समयः ८:५६ am
ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा ग्राहकहरुलाई बचत तथा मुद्दती दुवैको प्रतिफल प्रदान गर्ने उद्देश्यले ‘सोंचे जस्तै बैंक खाता’ सञ्चालनमा ल्याएको छ ।
बैंकको नयाँ योजनामा ग्राहकहरुको इच्छा बमोजिम तोकिएको न्यूनतम रकम बचत खातामा रही सो भन्दा माथिको रकम लाखको गुणनमा मुद्दतीमा स्वतः परिणत हुन सक्ने बैंकले जनाएको छ ।
बैंक खाता खोल्ने ग्राहकहरुले तीन वर्षसम्मका लागि मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवा तथा भिजा डेबिट कार्डको सुविधा निःशुल्क रुपमा प्राप्त गर्नेछन् । साथै लकर सुविधा लिंदा पहिलो एक वर्षको लागि ५०%छुट पनि समावेश गरिएको छ ।