जेठ ६ गते २०८२

सिटिजन्स बैंकको साधारण सभा असोज २६ गते, शुक्रबारको लागि आह्वान

मेरो आर्थिक मेरो आर्थिक असाेज ५ गते २०८० ८:३३ AM

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शेयरधनीहरुलाई वितरण गर्ने गत आर्थिक वर्षको मुनाफाबाट लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । बैंकको सत्रौं वार्षिक साधारण सभा असोज २६ गते, शुक्रबार अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजे शुरु हुने गरि बोलाएको हो ।

सभाले चुक्ता पूँजीको ५.७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

असोज १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । असोज १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।

मेरो आर्थिक मिडिया प्रा.लि.द्वारा सञ्चालित समाचारमुलक मिडिया

सम्पर्क जानकारी

  • काठमाडौं ३२, नेपाल
  • +977-1-5910390
  • meroaarthik@gmail.com

सोसल मिडिया

हामीलाई फलो गर्नुहोस्

हाम्रो मिडिया

विज्ञापनका लागि

  • मेरो आर्थिक मिडिया प्रा.लि.
  • +977-1-5910390, 9843929378
  • meroaarthik@gmail.com
प्रकाशक/सम्पादक: दधिराम पौडेल
प्रेस काउन्सिल दर्ता नं: ३०५७/०७८/०७९
सूचना विभाग दर्ता नं: ३०७५/०७८/०७९

सर्वाधिकार सुरक्षित २०२१ @ मेरो आर्थिक मिडिया प्रा.लि.