कुमारी बैंकद्धारा विस्तारित पाँच शाखाहरु सञ्चालनमा : Mero Aarthik
असार २५ गते २०८२
ब्रेकिङ न्यूज

कुमारी बैंकद्धारा विस्तारित पाँच शाखाहरु सञ्चालनमा

मेरो आर्थिक मेरो आर्थिक असाेज १४ गते २०८०

कुमारी बैंकले पाँच नयाँ शाखा विस्तार गरेको छ । एक साथ पाँच शाखाहरु सञ्चालनमा ल्याएको हो ।

बैंकले शाखा विस्तारको क्रममा काठमाडौंको कपन, सितापाइला र डल्लु तथा ललितपुर जिल्लाको भैँसेपाटी र टौखेल समेत गरी नयाँ पाँच स्थानमा शुक्रबारदेखि नयाँ पाँच वटा शाखाहरु सञ्चालनमा ल्याएको जनाएको हो।

बैंकले आगामी दिनहरूमा थप शाखा विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्‍याउने योजना बनाएको बताएको छ । सम्बन्धित क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखाहरू विस्तार गरेको जनाएको छ ।

हाल बैंकले देशभर ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ इकाईहरूमार्फत् ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?