Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल बीच मर्जर सम्झौता

मेरो आर्थिक
मेरो आर्थिक
असाेज १९ गते २०८०
लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल बीच मर्जर सम्झौता

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबीच एक आपसमा गाभ्ने वा गाभिने (मर्जर) सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

समझदारी पत्र एमओयूमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड गत असार २८ गतेबाट सन्राइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सन्राइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएसगैं लक्ष्मी सन्राइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबाट मर्चेन्ट बैकिङ्ग लगायत अन्य सेवाहरु छुट्टा—छुट्टै रुपमा प्रवाह गरिरहेको थियो । सोहि क्रममा एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गर्नु पर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेडबीच आपसमा मर्जर हुन लागेका हुन् ।

मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्नेछ ।

Add a new comment