Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

कुमारी बैंकले आकर्षक ब्याजदरमा ५ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

मेरो आर्थिक
मेरो आर्थिक
असाेज २३ गते २०८०
कुमारी बैंकले आकर्षक ब्याजदरमा ५ अर्ब बराबरको ऋणपत्र जारी गर्ने

कुमारी बैंकले आकर्षक ब्याजदरमा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले आगामी कात्तिक २ गतेदेखि १ हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको हो ।

कूल निष्काशित ऋणपत्र मध्ये, ३० लाख इकाई बैंकले आफ्नै पहलमा अन्य सङ्घसंस्थालाई बिक्री गर्ने भएको छ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुल्ला गरिनेछ । सो मध्ये ५ प्रतिशत अर्थात् १ लाख इकाई भने सामूहिक लगानी कोषलाई छुट्याएको बैंकले जनाएको छ । १० वर्ष अवधिका लागि १० प्रतिशत ब्याजदर नै प्रदान गर्ने गरी बैंकले ‘१० प्रतिशत केबीएल डिभेन्चर, २०९०’ जारी गर्न लागेको हो ।

कम्पनीको डिवेन्चर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट रहेको छ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताहरुले कम्पनीको डिभेन्चरका लागि कात्तिक १२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक १६ गतेसम्म खुला रहने बैंकले जनाएको छ ।

Add a new comment