भूकम्प प्रभावितलाई सिटिजन्स बैंकको २५ लाख रूपैँया सहयोग

मेरो आर्थिक
कार्तिक १९ गते २०८०
समयः ८:४३ am

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट भूकम्प पीडितकोलागि सहयोग घोषणा गरेको छ । बैंकले बिज्ञप्ति जारी गदै उक्त घोषणा गरेको हो ।
शनिबार जारी बिज्ञप्तिमा भुकम्प पिडितको सहायताका लागि २५ लाख रूपैँया आर्थिक सहयोग घोषणा गरेको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैँया आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको उल्लेख छ ।
उक्त घटना प्रति दुःख ब्यक्त गर्दै बैंकले भूकम्पबाट ज्यान गुमाएका परिवारप्रति समवेदना र घाइतेहरुको स्वास्थ्य लाभको कामना समेत गरेको छ । भुकम्पमा परी हाल सम्म २५३ जना घाइते र १५७ जनाको मृत्यु भइसकेको छ ।