Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

भूकम्पपीडितको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकद्धारा आर्थिक सहयोग

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक २३ गते २०८०
भूकम्पपीडितको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकद्धारा आर्थिक सहयोग

भूकम्पपीडितको उद्धार तथा सहयोगार्थ ज्योति विकास बैंकले जिल्ला प्रशासन कार्यालय जाजरकोटसँगको समन्वयमा पीडितलाई आर्थिक सहयोग गरेको छ । बैंकले जाजरकोट जिल्ला प्रशासन कार्यालयको भूकम्प प्रभावित राहत कोषमा पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जनाएको हो ।

ज्योति विकास बैंकका जाजरकोट शाखा प्रबन्धक वीरेन्द्रबहादुर ऐडीले प्रमुख जिल्ला अधिकारी सुरेश सुनार र सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई उक्त रकम हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।

बैंकले आगामी दिनहरूमा पनि जाजरकोटस्थित शाखामार्फत् दीर्घकालीन र दिगो कार्यक्रमलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जाहेर गरेको छ । ज्योति विकास बैंकले जाजरकोटस्थित शाखामार्फत् सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत् विभिन्न क्षेत्रमा समन्वय र सहयोग गर्दै आएको छ ।

Add a new comment