नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. को आठौं वार्षिक साधारणसभा सम्पन्न

मेरो आर्थिक
मंसिर ६ गते २०८०
समयः ८:०५ am

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लि. को आठौं वार्षिक साधारणसभा मिति २०८० मंसिर ०५ गते, मंगलबार बैंकको प्रधान कार्यालय, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले कम्पनीको आ.व. २०७९/८० को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
कम्पनीको मिति २०८०/०८/०५ गते सम्पन्न आठौं वार्षिक साधारण सभाले कम्पनीमा रिक्त रहेको स्वतन्त्र संचालक पदमा श्री नन्दन हरि शर्मालाई ४ (चार) वर्षका लागि नियुक्त गर्नुका साथै सभाले आ.व. २०८०/८१ को कम्पनीको लेखापरीक्षणका लागि एपि एण्ड एशोसियट्स, चाटर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।
