Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर २५ गते २०८०
सांग्रिला डेभलपमेन्ट बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १९ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभा २४ गते विहान ११ बजे लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाण्डौमा सम्पन्न भएको छ ।

सो साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको चुक्ता पूँजी ३,२६,७५,९१,७१६.७१ को ५ प्रतिशत बोनस शेयर तथा कर भुक्तानी प्रयोजनका लागि चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम रु. ८५,९८,९२५.५७ (अक्षेरुपी पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्न मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै आ.व. ०७९/८० को वित्तीय विवरण पारित गरी १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको बताएको छ ।

Add a new comment