कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता पत्रमा हस्ताक्षर : Mero Aarthik
असार ४ गते २०८२
ब्रेकिङ न्यूज

कुमारी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच सम्झौता पत्रमा हस्ताक्षर

मेरो आर्थिक मेरो आर्थिक पौष ५ गते २०८०
SHARES
0

कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रका लागि ‘KBL Smart Business Loan for IT Companies’ अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष (DCGF) सँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

यो सम्झौताबाट आईटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवद्र्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।

सम्झौता अनुसार, निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत आईटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको ‘KBL Smart Business Loan for IT  Companies’ को पोर्टफोलियो सुरक्षण गर्नेछ ।